कतार विश्वकप : क्रोएसियाले जित्यो तेस्रो स्थान
काठमाडौं । फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थान क्रोएसियाले जितेको छ ।
शनिबार साँझ तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्कोबीचको खेलमा २–१ गोल अन्तरले मोरक्कोलाई पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।
तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।
४२ औं मिनेटमा क्रोएसियाले पुन: अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । त्यही गोलले क्रोएसियालाई तेस्रो स्थान दिलायो ।
प्रतियोगिताको फाइनल भोलि आइतबार साँझ ८:४५ बजे हुँदैछ । । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना प्रतिस्पर्धामा छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #क्रोएसियाले जित्यो तेस्रो स्थान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्