विश्वकप: फाइनल प्रवेशको लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै
काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजबाट सेमिफाइनलका खेलहरु हुँदैछ ।
पहिलो सेमिफाइनल खेल दुई पटक विश्वकप विजेता अर्जेन्टिना र साविकको विश्वकप उपविजेता क्रोएसियाबीच हुँदै छ ।
लुसेल रंगशालामा हुने अर्जेन्टिना र क्रोएसियाबीचको खेल आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
अर्जेन्टिनाले नेदरल्याण्डसलाई र क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।
क्रोएसिया लगातार फाइनल प्रवेश गर्ने दाउमा छ भने अर्जेन्टिना सन् २०१४ पछि फाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघिका दुई विश्वकपमा फाइनल पुगेका दुवै टोली पराजित भएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्