‘आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा’
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताउनुभएको छ ।
सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिनुभयो । आज नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यही चैत १५ गते बस्ने बोर्ड बैठकले यसबारे टुङ्गो लगाउने बताउनुभयो । “चैत १५ गते बस्ने परिषद्को बोर्ड बैठकले समयबारे औपचारिकरुपमा निर्णय गरी सार्वजनिक गर्नेछ”, उहाँले भन्नुभयो । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय खेलकूद प्रतियोगिता प्रत्येक दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि २०७५ चैतभित्रै सो प्रतियोगिता शुरु गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै नहुने राष्ट्रिय खेलकूद प्रतियोगिताको बेथितिमा थिति बसाल्न लागिपरेका छौँ ।” आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा विशिष्ट पाहुनाका लागि चीनबाट प्यारापिट आइसकेको सचिव विष्टले बताउनुभयो ।
मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५०० क्षमताको दर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #केशवकुमार विष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्