प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु
आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ ।
प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडाँै, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् । खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताउनुभयो ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #महिला भलिबल छनोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्