Techie IT
आईतबार, असार १४,२०८३

राष्ट्रिय खेलकूद परिषदमा अनावश्यक राजनीतिकरण नगर्न उपाध्यक्ष तिमिल्सनाको आग्रह


राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सेनाले खेलकूद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणविरुद्ध आफू चुप लागेर नबस्ने बताउनुभएको छ ।

नेप्लिज तेक्वान्दो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकूद विकास समितिको संयुक्त आयोजनामा यहाँ भएको अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा उहाँले खेलकूदसँगको समानान्तर सङ्घ गठन हुनुले कलिला खेलाडीको भविष्य अन्योलतर्फ धकेलिने भएकाले सर्तक रहन सरोकारवालालाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष तिमिल्सेनाले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकूद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनीसमेत दिनुभयो । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने सरकारको अभियानलाई सफल पार्न देशव्यापीरुपमा खेलकूदका कार्यक्रम आयोजना भइरहेको स्मरण गराउनुभयो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #पीताम्बर तिमिल्सेना


तपाईको कमेन्ट लेख्नुहोस्