विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग नेपाल पराजित
काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा भएको पहिलो खेलमा नेपाल खराब ब्याटिङका कारण नामिबियासँग ४० रनले स्तब्ध भएको हो ।
जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका लागि आरिफ शेख सर्वाधिक ५० रनमा अविजित रहे । अन्य खेलाडी भने गैरजिम्मेवार प्रदर्शन गर्दै पेभेलियन फर्किए । देव खनालले ३४ रन तथा ओपनर कुशल भुर्तेल २७ रनमा आउट भए । करण केसी १९ रन तथा ओपनर आसिफ शेख १४ रनमै समेटिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनाएकाे थियाे।नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल आइसिसी विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्