आईपीएलमा गुजरातद्वारा पन्जाब किङस ६ विकेटले पराजित
काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले लगातार तेस्रो जित हासिल गरेको छ ।
मुम्बईमा शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । गुजरातका राशिद खानले ३ विकेट लिए ।
जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्