आईपीएलमा गुजरातद्वारा पन्जाब किङस ६ विकेटले पराजित

काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले लगातार तेस्रो जित हासिल गरेको छ ।
मुम्बईमा शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । गुजरातका राशिद खानले ३ विकेट लिए ।
जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्