यल कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियोगिता सन्चालनमा
ललितपुर, १३ कार्तिक – पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता –२०७५ सन्चालनमा आएको छ । प्रतियोगिता शनिबार देखि शंखमुल प्लानिङ्गमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा भइेरहेको कुरा ईलेभेन स्टार क्लबका उपाध्यक्ष राजेश तण्डुकारले बताए ।

प्रतियोगितामा पुरुष युगलमा ५३ जोडी, भेट्रान्स जोडीमा ११, मिक्स जोडी तर्फ १६ र यु – १५ मा २८ जोडीले सहभागिता जनाएको तण्डुकारले जानकारी गराए ।
उपाध्यक्ष राजेश तण्डुकारले बताए अनुसार करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताएका छन् l
क्याटेगोरी : खेलकुद
ट्याग : #यल कप रनिङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्