आइपीएलमा पन्जाबसँग चेन्नई ५४ रनले पराजित
काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।
मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।
चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।
जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #cricket
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्