आइपीएलमा कोलकत्ताको दोस्रो जित
काठमाडौं । पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।
लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा टिम साउथीले २ विकेट लिए ।
जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पन्जाबको भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक छ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्