टेबलटेनिसमा राजनद्वारा कपिल पराजित
काठमाडौं । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा च्याम्पियन बनेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे ।
राजनले पहिलो सेट ११–१३ ले गुमाए पनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दोस्रो सेटमा १२–१०, तेस्रोमा ११–७ र चौथोमा ११–४ को प्रदर्शन गरे । आयोजक ललितपुर टेबलटेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेस्रो भएका छन् ।
सम्झना ल्याबको प्रमुख प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३–१, नेपाल आर्मीले भारतको बैंक अफ बरोडालाई ३–० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३–२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष सिंगल्सको समूह चरणको खेल जारी छ भने महिला सिंगल्सको लिग चरणका खेल पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्नेछन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्