त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित
काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जारी प्रतियोगितामा पवुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।
हिजो भएको पहिलो खेलमा पपुवा न्यूगिनी नेपालसँग १५ रनले पराजित भएको थियो । मलेसियाले जितको लागि दिएको १८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान दिए ।
त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाए भने सिमोन अटाइले १५ तथा असाद भालाले ११ रन जोडे । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले समान ३–३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाइज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । वीरन्दीपले अविजित रहदै ५९ रन जोडे भने अहमदले ५६ रन बनाए ।
यस्तै साएद अजिज ४७ रनमा आउट भए । पपुवा न्युगिनीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्