अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी
काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । जर्मनीले इजरायललाई २–० अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।
२६ औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
अर्को खेलमा स्पेनले अल्बानियालाई २–१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।
७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १–१ को स्थितिमा पुर्याए । खेलको ९०औँ मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २१ को जीत दिलाए ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्