नेपाली सेना र सुदूरपश्चिम हक्कीकाे फाइनलमा
काठमाडौं । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । गण्डकीका रोहित लामाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।
दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सेनाका रञ्जित राउत घोषित भए ।
शनिबार बिहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने दिउँसो फाइनल खेल नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्