बर्दिवासमा प्रथम मेयर गोल्डकप हुँदै
महोत्तरीको बर्दिवासमा प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ ।
बर्दिवासस्थित नगर खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी फागुन २५ गतेबाट प्रथम बर्दिवास मेयर गोल्डकप फुटबल प्रतियोगीता २०७८ सुरु हुने जनाएको छ ।
बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले उक्त प्रतियोगीताको आयोजना गर्न लागिएको आयोजक नगर खेलकुद विकास समिति बर्दिबासका अध्यक्ष विष्णु बम्जनले जानकारी दिए । सो प्रतियोगीतामा विभिन्न जिल्लाका आठवटा टिम सहभागी हुने उनले बताए ।
उनका अनुसार बर्दिवास ११, ताल तलैया क्लव सुनसरी, गाईघाट ११ उदयपुर, सहलेश युवा क्लव सिरहा, प्रतिभा युवा क्लब गोलबजार, धनुषा ११ धनुषा, डकाहा ११ सिन्धुली, विजय युथ क्लब मकवानपुरसहितका टिम सहभागी हुनेछ । प्रतियोगीतामा सहभागी आठवटा टिमलाई दुई समूह बनाएर प्रतिस्पर्धा गराईने अध्यक्ष बम्जनले जनाए ।
उनले प्रतियोगीताको प्रथम र दोश्रो पुरस्कार क्रमश दुई लाख र एक लाख रुपैया नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र रहेको बताए । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरुलाई दुरी अनुसार यातायात तथा खाना खर्च बापत न्यूनतम १०हजारदेखी ३० हजारसम्म उपलब्ध गराइने आयोजकले जनाएको छ । साथै म्यान अफ द म्याच प्लेयर अफ द म्याच सर्वाधिक गोलकर्ता र किपर, बेस्ट डिफेन्स, बेस्ट मिडमिन्डर, बेस्ट कोच, उदयमान युवा प्रतिभा पुरस्कार सहित नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरिने पनि बताइएको छ ।
प्रतियोगीता सम्पन्न गर्न २० लाख ३७ हजार ५५० रुपैया खर्च हुने अनुमान गरिएको अध्यक्ष बम्जनले जानकारी दिए । प्रथम बर्दिवास मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७८ फुटबल प्रतियोगीतालाई सफल र भव्य बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै पक्षसँग आयोजकले आग्रह गरेको छ ।
प्रतियोगीतामा भाग लिन बर्दिवास नगरपालिकाभित्र रहेका स्थानिय स्तरका ७० जना खेलाडीहरु मध्येबाट प्रतिभावान २२ जना छनौट गरी बन्द प्रशिक्षणमा राखिएको पनि नगर खेलकुद विकास समिति बर्दिवासले जनाएको छ । (साभार: द पब्लिक टुडेबाट)

क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्