सिन्धुपाल्चोकमा ग्रासरुट फुटबलको आयोजना
भुपेन्द्र भण्डारी
तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ८ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिए ।
‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका आयोजको भनाई छ ।

लामसाघुको बसन्तपुर खेल मैदानमा आयोजना गरिएको सो प्रतियोगीतामा मेलम्चीबाट १०० जना , लामोसाघुबाट २०० जना र चौताराको २०० जना खेलाडीहरुको उपस्थीती रहेको थियो ।
जिल्लाको १२ वटौ स्थानिय तहसम्म सो प्रतियोगिता गर्ने योजना रहेको सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमा प्रदेश नं ३ का सभासद सरेश नेपाल र सिन्धुपाल्चोक उधोग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले सिन्धुपाल्चोकको खेलकुद श्रेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

क्याटेगोरी : खेलकुद
ट्याग : #ग्रासरुट फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्