नेपाल खेलकुद महासंघद्धारा प्रदेश १ का सामाजिक बिकास मन्त्रीसंग भेटघाट
काठमाडौ । नेपाल खेलकुद महासंघले प्रदेश नं १ का सामाजिक बिकास मन्त्री उषाकला राईसंग भेट गरि समसामयिक विषयमा छलफल गरेको छ ।
भेटमा खेल , खेलाडी र खेलमैदान , प्रशिक्षकहरुको हक हित र अधिकार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको केन्द्रिय उपाध्यक्ष प्रभात बिक्रम कटुवालले बताए ।
महासंघको पहलकदमीमा प्रदेश १ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभीड (१९ विरुद्धको खोपको ब्वबस्था मिलाइदिने र क्रमिक रुपमा खेलाडीहरुको समस्यालाई समाधान गर्दे जाने मन्त्री उषाकला राईले प्रतिबद्दता दिनुभएको उपाध्यक्ष कटुवालले बताए ।
कटुवालका अनुसार केन्द्रिय अध्यक्ष रमेशकुमार पौडेलको नेतृत्वमा, बरिस्ठ उपाध्यक्ष पर्शुराम बस्नेत , केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं १ का इन्चार्ज प्रभात बिक्रम कटवाल , सह इन्चार्ज सन्तोष बान्तावा राई , सचीव बासु नेपाल , स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल खेलकुद महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्