क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता सम्पन्न
सीता पौडेल (अर्चना)
भक्तपुर । नेपाल क्योकुशिन सेशीन कैकान कराँते संघ भक्तपुर डोजोेले आयोजना गरेको प्रदेशस्तरीय क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता २०२१ हालै सम्पन्न भएको छ । गत चैत्र २९ गतेदेखि चैत्र ३१ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेत र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाल लगायतले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारले सम्मान गरेका थिए ।
कार्यक्रममा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले प्रमुख अतिथी सांसद बस्नेतलाई मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन र रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा मिस नेवाः कृषा महर्जनले विभिन्नप्रदेशबाट सहभागी खेलाडीहरुको मनोबल उच्च पार्न तथा उनिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरेकी थिइन ।
त्यस्तै कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले जुरी, निर्णायक र कार्यक्रम सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै कदरपत्रले समेत सम्मान गरिएको थियो ।
भक्तपुर आसापुरी डोजोका सुर्य लामाले संयोजकत्व गरेको सो कार्यक्रमको संचालन भने मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार र मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।

क्याटेगोरी : खेलकुद
ट्याग : ##क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता, ##भक्तपुर डोजोे, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्