पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता २०७७ सम्पन्न
मकवानपुर । हेटौंडा १४ कालापानीमा पाँचौ जिल्ला स्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल शिन क्योकुशिन कराँते संघको शाखा दोजो मकवानपुरले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो।
पहिलो चरणमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम राखिएको थियो भने अन्तिम चरणमा नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा नेपाल प्रमुख सुर्य बहादुर बबुढाथोकीको प्रमुख आतिथ्यतामा विजयी खेलाडीलाई पुरस्कार तथा अतिथिलाई मायाको चिनो बितरण कार्यक्रम गरि प्रतियोगिता समापन गरिएको थियो।
उक्त प्रतियोगितामा महिला र पुरुष गरि जम्मा ७८ खेलाडीहरु विभिन्न तौल समूह गरि जम्मा १० समुहमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका संयोजक तथा प्रमुख प्रशिक्षक चन्द्र कुमार गोलेले सम्पुर्ण खेलप्रेमी अतिथि , दर्शक तथा खेलाडी हरुलाई शब्दले स्वागत गरेका थिए। उहाँले अब छिट्टै राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना गर्ने दियालो पोष्टलाई जानकारी दिनुभयो।
पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता-२०७७ मा विभिन्न तौल समुहमा विजयी खेलाडीहरुको नामावली यस प्रकार छन्।
महिला तर्फका तौल समुहस्
१। ४० के।जी। मुनि
●प्रथम – अनिशा पहरी
●द्वितीय – एलिसा श्रेष्ठ
●तृतीय – विष्णु बल
२। ४५ के।जी। मुनि
●प्रथम – अञ्जना वाइबा
●द्वितीय – चादनी थिङ
●तृतीय – सश्मिता बोम्जन
●उत्कृष्ट खेलाडी – अनिसा राई
३। ५० के।जी। मुनि
●प्रथम – सुहाना घलान
●द्वितीय – प्राथना लोप्चन
●तृतीय – एन्जिला मोक्तान
●उत्कृष्ट खेलाडी – सोनिमा स्याङ्तान
४। खुल्ला तौल समूह
●प्रथम – तारा घलान
●द्वितीय – बन्दना गोले
●तृतीय – सोनु लामा
●उत्कृष्ट खेलाडी – करुणा गोले
पुरुष तर्फका तौल समुहस्
१। ३० के।जी। मुनि
●प्रथम – समीर रुम्बा
●द्वितीय – निश्चल राई
●तृतीय – अभिनाष यादव
●उत्कृष्ट खेलाडी – युनेस माझी
२। ३५ के।जी। मुनि
●प्रथम – छिरिङ वाइबा
●द्वितीय – आरेस स्याङतान
●तृतीय – अमन राई
●उत्कृष्ट खेलाडी – सुभम रौनियार
३। ४० के।जी। मुनि
●प्रथम – दिपेन्द्र गोले
●द्वितीय – विवश बजु
४। ४५ के।जी। मुनि
●प्रथम – दिपेश थिङ
●द्वितीय – निस्तम प्रजा
●तृतीय – एन कु। राई
●उत्कृष्ट खेलाडी – प्रशान्त तामाङ
५। ५० के।जी। मुनि
●प्रथम – विवश गोले
●द्वितीय – मुमिन स्याङ्बो
●तृतीय – उज्ज्वल कु। मण्डल
●उत्कृष्ट खेलाडी – अमृत सुनार
६। खुल्ला तौल समूह
●प्रथम – अशोक थिङ
●द्वितीय – संजय सुनार
●तृतीय – अनिश गोले
●उत्कृष्ट खेलाडी – विनय थिङ
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्