हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै
वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ । मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन ।
यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो । अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिनुभयो । यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ । प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । पिप्ले युवा क्लबले ट्र्याक मात्र नभई मैदानको दक्षिणतर्फ प्यारापिट पनि निर्माण गर्ने भएको छ ।
कङ्क्रिट प्यारापिटका लागि उपमहानगरबाट रु २० लाख बजेट उपलब्ध भएको छ । मैदान सम्याउने र घाँस उमार्ने काममा हाल पिप्ले युवा क्लब व्यस्त छ । विगतमा कार, मोटरसाइकल सिक्ने मैदानका रूपमा प्रयोग हुँदै आएको क्याम्पाचौरलाई तारजाली लगाएर सुरक्षित गरिएको छ । पिप्ले युवा क्लबले मैदानबाहिर हरियाली बगैँचा पनि निर्माण गर्दैछ । रुख, फलफूलका बिरुवा रोपण गरेर मैदानलाई हरियाली बनाउने योजना क्लबको छ ।
डिभिजन वन कार्यालय मकवानपुरले बगैँचासहितको संरचना निर्माणका लागि रु १० लाख उपलब्ध गराएको छ । क्लबले खुला जिमहाउससमेत निर्माण गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #हेटौँडामा मिनी रङ्गशाला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्