प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा

चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन् । त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ ले ब्याटिङ गरिरहेका छन् ।
मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो । प्रदेश १ ले २६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८६ रन बनाएको छ । उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ ।
आर्मी चार अङ्कसहित लिगको शीर्ष स्थानमा छ ।
यसैगरी अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ । टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा सात विकेट गुमाएर १०४ रन बनाएको छ । दुबै टोली पहिलो जितको खोजीमा छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्