विश्वकपपछि चर्चित खेलाडीको सन्यास लिने क्रम जारी,को को भए बिदाई ?
रसियामा जारी विश्वकप फुटबलबाट अहिलेसम्म पराजित टिमका केही खेलाडीले सन्यास लिइसकेका छन् । आफ्नो फुटबल करिअरको उतराद्र्धमा विश्वकप खेलेका खेलाडीले सही समयको सदुयोग गर्दै खेलाडी जीवनबाट बिदाई भएका छन् । २१ औं सस्करणको विश्वकप रोचक बनिरहेको बेला चर्चित खेलाडीले सन्यास लिने क्रम पनि जारी छ । त्यसो त, कतिपय खेलाडीले विश्वकप अघि नै विश्वकप खेलेपछि सन्यास लिने घोषणा गरेका थिए ।
विश्वकपपछि सन्यास लिएका यी हुन् स्टार खेलाडी
जाभियर मास्चेरानो
जाभियर मास्चेरानोले अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिएका छन् । फुटबल करिअरको उतराद्र्धतिर पुगेका मास्चेरानोले विश्वकपपछि सन्यास लिने कुरा यसअघि नै भएको थियो ।
३४ वर्षीय मास्चेरानोले ४ वटा विश्वकप खेले । उनले सन् २००६ देखि विश्वकप खेल्न थालेका हुन् । मास्चेरानोले विश्वकपमा आफ्नो देशबाट २० खेल खेलेका छन् भने १२ खेलमा जित, ४ खेलमा बराबरी र ४ खेलमा पराजित भएका छन् । मास्चेरानोको अन्तर्राष्ट्रिय फुटबल विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्ससँग रहयो । जुन खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो ।
सन् २००३ जुलाई १७ तारिखमा उरुग्वेविरुद्ध डेब्यु गर्दै राष्ट्रिय टिममा स्थान बनाएका मास्चेरानोले आफ्नो देश अर्जेन्टिनाबाट १४७ क्याप खेले । यस दौरानमा डिफेन्डर मास्चेरानोले ३ गोल गर्न सफल भए । मस्चेरानोले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिदै भनेका छन् “अब अलविदा भन्ने समय आएको छ । म विश्वास गर्छु की भविष्यमा यी केटाहरूले ठूला उपलब्धी हात पार्ने छन् ।”
केइसुके होन्डा
रसिया विश्वकप फुटबलमा प्रिक्वाटरफाइनलसम्म जापानलाई पु¥याएका केइसुके होन्डाले अन्तर्राष्ट्रिय फुटबल जीवनबाट सन्यास लिएका छन् । ३२ वर्षीय होन्डाले जारी विश्वकपमा सेनेगलविरुद्ध गोल गर्दै जापानलाई हारबाट जोगाएका थिए । होन्डाले सन् २०१० को विश्वकपमा क्यामरुनविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै होन्डाले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा जापानले क्यामरुनलाई १–० गोलले पराजित गरेको थियो ।
सन् २००८ जुन २२ तारिखमा उनले बहराइनविरुद्धको खेलमा डेब्यु गर्दै राष्ट्रिय टिममा स्थान बनाएका थिए । होन्डाले सन् २०१०, २०१५ र २०१८ मा गरी विश्वकपमा ११ खेल खेले । उनले खेलेको खेलमध्ये जापान ३ खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा पराजित भएको छ । उनले विश्वकपमा ४ गोल गरेका छन् ।
उनको करिअरको अन्तर्राष्ट्रिय खेल भनेको विश्वकपको प्रिक्वाटरफाइनलमा बेल्जियमसँग रहयो । जुन खेलमा बेल्जियमसँग जापान ३–२ गोलले पराजित हुदै विश्वकपबाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिदै होन्डाले भने “हामीसँग थुप्रै राम्रा उत्कृष्ट युवा खेलाडी छन् । जापानी फुटबलको इतिहास रच्ने पालो अब उनीहरूको हो ।”
आन्ड्रेस इनिएस्टा
आन्ड्रेन्स इनिएस्टाले विश्वकप फुटबलको प्रिक्वाटरफाइनल खेलमा आयोजक रसियासँग स्पेन पेल्नाटी सुटआउटमा ४–३ गोलले पराजित भएपछि सन्यास लिए । इनिएस्टाले यसअघि नै विश्वकप फुटबलपछि सन्यास लिने कुरा थियो । ३४ वर्षीय इनिएस्टाले सन् २००६ जुन २३ मा विश्वकप फुटबलमा साउदी अरबविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा स्पेनले साउदी अरबलाई १–० गोलले पराजित गरेको थियो ।
राष्ट्रिय सिनियर टिमबाट इनिएस्टाले सन् २००६ मा रसियाविरुद्ध डेब्यु गरेका थिए । जुन खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । विश्वकप फुटबलमा इनिएस्टाले १४ खेल खेलेका छन् भने २ गोल गर्न सफल भएका छन् । सन् २०१० को विश्वकप फुटबलको फाइनलमा उनकै गोलको कारण नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै स्पेनले विश्वकप फुटबलको उपाधि पहिलो पटक उचालेको थियो ।
राफेयल माक्र्युज
मेक्सिको प्रिक्वाटरफाइनलमा ब्राजिलसँग २–० गोलअन्तरले पराजित भएपछि विश्वकप फुटबलबाट बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएसँगै मेक्सिकोका कप्तान राफेयल माक्र्युजले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिए । राफेयलले यसअघि नै खेलाडी जीवनबाट सन्यास लिने बताएका थिए । ३९ वर्षीय राफेयलले विश्वकपमा सन् २००२ जुन ३ तारिखमा क्रोएसियाविरुद्धको खेलदेखि डेब्यु गरेका थिए । जुन खेलमा मेक्सिकोले क्रोएसियालाई १–० गोलले पराजित गरेको थियो । राफेयलले विश्वकपमा २० खेलबाट ३ गोल गरेका छन् ।
सन् १९९७ मा इक्वेडरविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दै राफेयलले मेक्सिकोको राष्ट्रिय सिनियर टिममा स्थान बनाएका थिए । जुन खेलमा मेक्सिकोले इक्वेडरलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन्यास लिने अन्य खेलाडीमा जापानका माटोका हासिब, जापानकै गोकोटु सकाई, रसियाका एलेक्जेन्डर समाडोभ, रसियाकै सर्गेइ इग्राशेभिच, मेक्सिकोका ओरिव परेल्टा, इरानका सरदार अजमोन लगायतले सन्यास लिएका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #खेलाडीको सन्यास, #विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्