तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद आजदेखि शुरु भएको छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् ।
टेबलटेनिस ः टेन्डी र नारायण फाइनलमा
प्रतियोगिताको टेबल टेनिसतर्फ पुरुष सिंगल्समा त्रिभुवन विश्वविद्यालय (टियु) द्वय टेण्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेण्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई तथा नारायणले केयू सन्दीप भुर्तेललाई पराजित गर्नुभयो ।
महिला सिंगल्समा केयूकी नम्रता ढकालले टियुकी ज्योति खनाललाई तथा केयूकी रेजशा खोटियाले टियुकी सिजा अर्याललाई हराउँदै फाइनलमा पुग्नुभएको छ ।
भलिबल : टियुका दुवै टोली सेमिफाइनलमा
भलिबलको पुरुष र महिला दुवैमा टियु सेमिफाइनलमा पुगेको छ । पुरुषमा टियुले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ ले लगातार पराजित ग¥यो ।
महिलामा टियुले केयूलाई २५–२, २५–६ र २५–१३ ले लगातार हरायो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ बाट पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ ले पन्छाए ।
ब्याडमिन्टन ः क्वाटरफाइनल समीकरण पूरा
ब्याडमिन्टनको पुरुष सिंगल्समा टियुका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टियुका पूर्णबहादुर थापा क्वाटरफाइनलमा पुग्नुभएको छ ।
कीर्तिपुरस्थित टियु हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलका हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्य क्वाटरफाइनलमा पुग्नुभएको छ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्