काभ्रेस्थलीका खेलाडीले पाएँ भर्चुअल खुल्ला तेक्वान्दो प्रतियोगिता पदक
काठमाडौ । प्रथम काठमाडौं भर्चुअल खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता सुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा पुम्से विधामा हुने प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० का २ स्वर्ण विजेता खेलाडी सहित १७० जना खेलाडीहरुको सहभागिता रहेको बिक्रम खड्कीले जानकारी दिएका छन ।
१३ औं सागका स्वर्ण विजेता खेलाडी द्वय सन्जिला तिम्सिना र निता गुरुङको सहभागिता रहेको उक्त प्रतियोगितामा १३ औं सागकै कांस्य विजेता खेलाडिहरु पनि क्रमश अस्मिन राउत, दीपेन्द्र गुरुङ र प्रेमबहादुर आले पनि प्रतियोगितामा सहभागि छन् ।
नेपालमा पहिलो पटक यो कोरोनाले खेल क्षेत्र र खेलाडीहरुलाई यो माहामारीमा त्रासै त्रासमा जिवन वितित गरिएको अवस्थामा एक खेलजगतमा लाग्ने खेलाडीहरुको मनोबल बढाउने उदेश्यका साथ प्रथम पटक आयोजना भएको छ ।

“प्रथम काठमाडौं भर्चुल तेक्वान्दो प्रतियोगिता २०७७” मा तारकेश्वर नगरपालिका वडा नं. २ काभ्रेस्थली तेक्वान्दो डोजाङ्गबाट ६ जना पुरुष खेलाडीहरु प्रविन खड्गी, सरोज मगर, मिराजग र महिला खेलाडीहरुमा विनिसा खड्गी, आयुशा लामा, सुश्मीता कार्की को सहभागीता रहेकोमा प्रथम दिन २०२० अगस्ट २९ गते सम्पन्न खेलमा मिराज के.सी रजक र विनिसा खड्गी, सुश्मीता कार्कीले कास्य पदक जित्न सफल भएको छ जसमा कोचको भुमिका शुदिप खड्गीले गरेको थियो ।
साथै भर्चुलत लगायत अन्य पदक जित्न सफल हुने खेल र खेलाडीहरुमा काभ्रेस्थली तेक्वान्दाले धेरै पदक अनि खेल प्रतियोगीता आयोजना गरि सकेकोमा यो भर्चुल प्रतियोतामा पहिलो पटक तारकेश्वर नगरपालिकमा पदक जित्न सफल भएको डोजाङ्गका प्रमुख प्रशिक्षक विक्रम खड्गीले बताउनु भएको छ । र सो प्रतियोगीतामा तारकेश्वर नगरपालिका काभ्रेस्थलीका प्रथम तेक्वान्दोका अन्र्तराष्ट्रिय निर्णायकका विक्रम खड्गी सो प्रतियोगीताको रुपमा अन्र्तराष्ट्रिय पुम्से निर्णाक नोर्बु लामा, मिन न्यौपाने, हिरा थाप र आशोक खड्का संगै निर्णायक भुमिकामा रहेका थिए ।
तस्विर सौजन्य : स्पोर्ट नेपाल डट कम
क्याटेगोरी : खेलकुद
ट्याग : #काभ्रेस्थलीका खेलाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्