पोर्चुगल नकअाउट चरण नजिक, मोरोक्को बाहिरियो
क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा मोरक्कोलार्इ १-० गोलअन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपको नकअाउट चरण नजिक पुगेको छ भने पराजित मोरोक्को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।
पोर्चुगलको जितमा रोनाल्डोले निर्णायक गोल गरेका थिए। जोए माउटिन्होको कर्नरमा उनले ६ यार्ड टाढाबाट गोल गर्दै पोर्चुगलका लागि विजयी गोल गरेका थिए।
रुस विश्वकपमा यो उनको चौथो गोल हो। यसअघि अाफ्नो उद्घाटन खेलमा स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए।
यस खेलमा गोलसँगै रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन्।
मोरोक्कोविरुद्धको हेडर अन्तराष्ट्रिय खेलमा रोनाल्डोले गरेको ८५अौै गोल हो। यसअघि हंगेरीका फेरिनिक पुस्कासले ८९ खेलमा ८४ गोल गर्दै सर्बाधिक गोल गर्ने युरोपियन खेलाडी थिए।
यस्तै रोनाल्डोले यसविश्वकपमा दायाँ, बायाँ खुट्टाले र हेडरमार्फत गोल गरेका छन्। यसअघि १९६६ मा जोसे टोरिसले पोर्चुगलका लागि दुबै खुट्टा र हेडरमार्फत गोल गरेका थिए।
क्याटेगोरी : खेलकुद
ट्याग : #पोर्चुगल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्