अस्ट्रेलियाका कप्तान जेडिनेकले रचे इतिहास

डेनमार्कसँग १-१ को बराबरी खेल्दै अंक खोसेको अस्ट्रेलियाले विश्वकपमा अन्तिम १६ को सम्भावना कायमै राखेको छ। विश्वकपको समूह सीको खेलमा बराबरीसँगै डेनमार्क अपराजित रहँदै शीर्षमा उक्लिएको छ भने एक खेलमा हार र एक खेलमा बराबरीसँगै अस्ट्रेलियाले पहिलो अंक बटुलेको छ।
दुबै टोलीले पहिलो हाफमा गोल गरेका थिए। क्रिस्टियन इरिक्सनले डेनमार्कलार्इ सुरुवाती अग्रता दिलाएपनि पेनाल्टीमा अस्ट्रेलिकाका मिले जेडिनेकले बराबरी गोल फर्काए हुन्। सातौं मिनेटमा निकोलज जोरगर्सनको पासमा इरिक्सनले गोल गर्दै डेनमार्कलार्इ सुरुवाती अग्रता दिलाएका थिए।
३७अौं मिनेटमा युसुफ पाउल्सनले डी बक्सभित्र बललार्इ हातले छोएपछि रेफ्रिले भिडियो एसिस्टेन्ट रेफ्रीको साहयतामा अस्ट्रेलियालार्इ पेनाल्टी दिएका थिए। जसमा अस्ट्रेलिका कप्तान जेडिनेक बराबरी गोल फर्काए।
योसँगै अस्ट्रेलियाका कप्तान जेडिनाकले विश्वकपका तीनवटै गोलहरु पेनाल्टीमार्फत गर्ने एक्लो खेलाडीको इतिहास रचेका छन्। हालसम्म कुनैपनि खेलाडीले विश्वकपमा लगातार तीन गोल पेनाल्टीमार्फत गरेको थिएन्। अस्ट्रेलियाका लागि तीन गोल गरेका उनले तीनवटै पेनाल्टीबाट गरेका हुन्। आजको गोलसँगै विश्वकपमा अस्ट्रेलियाका लागि सर्बाधिक गोल गर्ने सुचीमा उनी दोस्रो स्थानमा छन्। उनी अघि टिम काहिलले अस्ट्रेलियाका लागि ५ गोल गरेका छन्।
उनी अघि गोल गरेका इरिक्सनले डेनमार्कका लागि पछिल्ला १५ खेल खेल्दा १३अौैं गोल गरेका छन्। उनले खेलेका पछिल्ला १५ खेलमा डेनमार्कले जम्मा १८ गोल गरेको थियो। जसमा १३ गोलसहित उनले ५ मा सहायकको भुमिका निर्वाह गरेका थिए। यो उनको विश्वकपको पहिलो गोल हो।
क्याटेगोरी : खेलकुद
ट्याग : #कप्तान जेडिनेक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्