भारत : शनिबार कोरोना बिरुद्धको भ्याक्सीन लगाएका २ स्वास्थ्यकर्मीको हृदयघातबाट मृत्यु
६ माघ, काठमाडौं ।
भारतमा कोरोना भाइरस कोभिड–१९ को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ । उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खोप लिएको दुई दिनपछि उनको मृत्यु भएको भए पनि उनको मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको विशेषज्ञहरुले बताएका छन् ।
भारतमा शनिबारदेखि सुरु भएको कोरोना खोप कार्यक्रमअन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको छ । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने सातजनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ ।
क्याटेगोरी : देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्