८० औं प्रहरी दिवस : चितवनका एसपी पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य’ पुरस्कार
८० औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवन पुरस्कृत भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी दिवसको अवसरमा चितवन प्रहरीका प्रहरी प्रमुख एसपी गोबिन्द पुरीलाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” प्रदान गरिएको हो ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले एसपी पुरीलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।
चितवनको कमान्ड सम्हालेयता अपराध न्यूनीकरणमा सक्रिय भुमिका निर्वाह गर्दै आएका एसपी पुरीले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्ट कार्य प्रदर्शन गरेका छन्। यस वर्षको बाढीपहिरो व्यवस्थापनमा दिनरात नभनी राहत, उद्धार र जोखिम न्यूनीकरणमा खटिए बमोजिम उनलाई उनको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।
अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका (एसपी) पुरी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्