नार्गाजुन र बालाजु क्षेत्र भित्रका विपन्न वर्गहरुलाई लक्षित गरेर आजदेखि सामुहिक मेस सञ्चालन
बैशाख १९, काठमाडौं ।
मजदुर दिवसको अवसर पारेर तारकेश्वर , नार्गाजुन र बालाजु क्षेत्र भित्रका विपन्न वर्गहरुलाई लक्षित गरेर आजदेखि सामुहिक मेस सञ्चालनमा गरिएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको हो । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा रहेकालाई सामुहिक खाना खुवाइएको वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

वडा अध्यक्ष मिश्रले भने, ‘कोरोना संक्रमण रोक्न लकडाउन जारी छ । सबै घर जान पाएका छैनन् । यसकारण दैनिकी कठिन भएकाहरुको लागि यस्तो प्रबन्ध गरिएको हो ।’ आज करिब ३५० जनाले खाना आएको उनले बताए । आजदेखि बिहान र बेलुका गरी लकडाउनको अवधिभर मेस संचालन गर्ने मिश्रले जानकारी दिए ।

निरन्तरको लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको छ । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #रामवीर मानन्धर, #सामुहिक मेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्