तीव्र रूपमा विकासको काम भइरहेको छः पूर्वसभामुख नेम्वाङ
नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा तीव्र रूपमा विकासको काम भइरहेको बताउनुभएको छ । इलाम देउमाई नगरपालिकाको ‘पर्यटन र साहित्य महोत्सव’को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर मुलुकको विकास निर्माणमा लागेकाले यसमा सबैले सहयोग गर्नुपर्छ । ”
नेता नेम्वाङले नेकपा नाम रहेको ‘विप्लव’ समूहले अहिले मुलुकमा विध्वश र त्रास फैलाउन लागिपरेको बताउँदै राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव छैन भन्नुभयो ।
देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले इलाम आफैंमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य हुने बताउनुभयो ।महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : विशेष
ट्याग : #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्