ललितपुर महानगरपालिका र निर्देशनालय बीच ढल् निकास आयोजना सम्बन्धी सम्झौता
ललितपुर, श्रावण । ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालय बिच ढल् निकास आयोजना सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । महानगरपालिका र निर्देशानालय बिच ललितपुर महानगरपालिका क्षेत्र भित्र पर्ने लगनखेल देखी पाटन दरबार क्षेत्र हुँदै शंखमुल स्थित युएन पार्क सम्मको खन्डमा ब्यबस्थित ढल् निकास कार्यका लागि आपसी सहयोग र समन्वय गर्ने गरी सम्झौता भएको हो ।
सोमबार महानगरपालिकामा आयोजित कार्यक्रम माझ् आयोजना सम्बन्धी सम्झौतापत्र मा ललितपुर महानगरपालिकाका तर्फ बाट मेयर चिरिबाबु महर्जन र काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालयकातर्फ बाट आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले हस्ताक्षर गरेका छन् ।
कुल ४८ करोड लागतमा निर्माण सम्पन्न हुने जनाइएको सो आयोजना आगामी जनवरी देखी कार्यन्वयनमा आई अठार महिना भित्रमा ढल् निर्माण कार्य सम्पन्न गरिसकिने जनाइएको छ। त्यसो त उक्त आयोजनाका लागि लागत रकमको २० प्रतिशत हिस्सा ललितपुर महानगरपालिका र ८० प्रतिशतको लागत खर्च एडीबीको सहयोगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड – आयोजना कार्यान्वयन निर्देशनालयले बेहोर्ने जनाइएको छ।
उक्त सम्झौता पस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने ‘यस आयोजनाले लगनखेल देखी महानगर क्षेत्र भित्र पर्ने पर्यटकिय एबम पुरातत्विक महत्वको पाटन दरबार क्षेत्र हुँदै शंखमुल सम्म बर्सौ देखी समस्याको रुपमा रहदै आएको ढल् निकासको संकट समाधान हुनेछ, साथ्-साथै यस् बाट ब्यबस्थित शहरीकरणमा टेवा मिल्ने छ।’
क्याटेगोरी : विशेष
ट्याग : #ललितपुर महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्