मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम
काठमाडौं ,साउन १८।
मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा भएको उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष तथा बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा ,नेकपा प्रदेस कमिटि सदस्य श्याम घिमिरे , काठमाडौं जिल्ला कार्यालय सदस्य रामशरण ढुंगाना,जिल्ला कमिटि सदस्य विदुर अर्याल लगायत अतिथि रहेका थिए।

सो रक्तदान कार्यक्रममा रक्तदान गर्ने प्रदेस सभा सदस्य दिपक निरौला सहित अन्य रक्तदातालाई धन्यवाद दिदै मदन भण्डारी फाउन्डेसन तारकेश्वरका अध्यक्ष अमृत थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए।
क्याटेगोरी : विशेष
ट्याग : #मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्