कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै , महाधिवेशन, संसद् पुनःस्थापनालगायत समसामयिक विषयमा
कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, विनोद चौधरी, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, कल्याणी रिजाल, अनीलकुमार रुँगटा, धना खतिवडा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आआफ्नो धारणा राखेका थिए ।
बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनःस्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा संस्थापन र संस्थापनइतर पक्षले आआफ्नै पक्षको पक्षपोषण गर्दै धारणा राखिरहेका छन् ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्