Techie IT
आईतबार, साउन १७,२०८३

तारकेश्वरमा एमाले संगठन सुदृढीकरण गर्न २०४८ पछिका जनप्रतिनिधि तथा अग्रजहरुको समन्वमा मिसन ८४ सफल बनाउन ईन्जार्ज भोला पोखरेलको जोड


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा तारकेश्वर नगर इन्चार्ज भोलानाथ पोखरेल ले २०८४ सालको स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई जनमुखी, सक्रिय र परिणाममुखी बनाउन आग्रह गरेका छन्।

नेकपा एमाले तारकेश्वर नगर कमिटीद्वारा आयोजित वडा इन्चार्ज तथा वडा कमिटी अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै पोखरेलले पार्टी रूपान्तरणको आधार बलियो संगठन, अनुशासित कार्यकर्ता र जनतासँगको निरन्तर सम्पर्क भएको बताए।

उनले तारकेश्वरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय, प्रदेश, राजधानी, जिल्ला तथा नगर तहका नेताहरू एकताबद्ध भएर वडा, शाखा कमिटी तथा जनसंगठनलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिए। आगामी स्थानीय निर्वाचनमा एमालेलाई विजयी बनाउन अहिलेबाटै संगठन विस्तार, जनपरिचालन, घरदैलो अभियान तथा पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उनले निर्देशन दिए।

पोखरेलले २०४८ सालयता विभिन्न तहमा निर्वाचित भएका सबै जनप्रतिनिधि तथा पार्टीका अग्रज नेताहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी उनीहरूको अनुभव, सुझाव र योगदानलाई संगठन सुदृढीकरण तथा निर्वाचन तयारीमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीको इतिहास, अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय कायम गर्दै संगठनलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

पोखरेलले पार्टीका कार्यकर्ताले अनुशासन, श्रमप्रतिको निष्ठा र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै निजामती तथा श्रमिक आन्दोलनबाट प्राप्त अनुभवलाई जनपक्षीय सेवा, सुशासन र विकासका कार्यमा उपयोग गर्नुपर्ने बताए।

उनले कमिटी प्रणालीलाई प्रभावकारी बनाउँदै निर्णय प्रक्रियामा कार्यकर्ताको रचनात्मक सुझाव र सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे। संगठनलाई जीवन्त, उत्तरदायी र जनविश्वासयोग्य बनाउँदै २०८४ को स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्न उनले आह्वान गरे।

बैठकमा एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतम , उपाध्यक्ष राजु तिमिल्सिना , सचिव रबिन्द्र के.सी , पूर्व मेयर रामेश्वर बोहोरा लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर नगर इन्चार्ज भोलानाथ पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्