कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने, यस्तो छ छलफलका विषय
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज पनि बैठक जारी रहने भएको हो ।
हिजो आइतबारदेखि सुरु भएको बैठकमा प्रस्तुत गरेका एजेन्डाका बारेमा छलफल गर्नका लागि आज दिउँसो १ बजेदेखि बैठक बस्न लागेको हो ।
आइतबार बसेको बैठकमा पार्टीको १५ औं महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो ।
बैठकमा सभापति गगन थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए । जसअनुसार यो पटक केन्द्रीय समितिको बैठकमा निम्न एजेन्डामाथि छलफल भइरहेको छ ।
१. पार्टीको १५ औं महाधिवेशन सम्बन्धमाः
–१५ औं महाधिवेशन तयारीका सम्बन्धमा
–नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा
–सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा
–महाधिवेशन तयारी समिति गठन सम्बन्धमा
–विधान मस्यौदा समिति गठन सम्बन्धमा
–प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा
–केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा ।
२. पछिल्लो समयमा
तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा ।
३. सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिकाका सम्बन्धमा ।
४. प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा ।
५. सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा ।
६. नेपाली जनसम्पर्क समिति सम्बन्धमा ।
७. समसामयिक विषय ।
८. भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #कांग्रेस केन्द्रीय कार्यसमिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्