आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ
काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् ।
उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।’
एमालेमा तपाईँको भूमिका के हुन्छ रु भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए ।
उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन ।’
एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्