बसुन्धरास्थित एमएन हस्पिटलमा तीजको अवसरमा महिलाहरूलाई विशेष हेल्थ प्याकेज
काठमाडौं । बसुन्धरास्थित एमएन हस्पिटलले नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा महिलाहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले ‘स्वस्थ नारी, समृद्ध परिवार : स्वस्थ महिलाबाट स्वस्थ समाज’ भन्ने नाराका साथ भदौ महिनाभर लागू हुने गरी उक्त अफर ल्याएको हो।
विशेष सहुलियतसहितको हेल्थ प्याकेजमा विशेषज्ञ चिकित्सकको परामर्शसँगै युएसजी एण्ड पेल्भीस, युएसजी ब्रेस्ट, छातीको एक्स–रे, ईसीजी, प्याप स्मेयर, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, कोलेस्ट्रोल, थाइराइड, युरिक एसिड, एसजीपीटी, एसजीओटी, सीबीसी तथा युरिन आर/ई लगायतका स्वास्थ्य परीक्षण समावेश गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार यी सबै सेवा समेटिएको तीज विशेष हेल्थ प्याकेज रु ५ हजार ५५५ मा उपलब्ध हुनेछ। महिलाहरूमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान तथा नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो विशेष प्याकेज ल्याइएको अस्पतालले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बसुन्धरास्थित एमएन हस्पिटलमा तीजको अवसरमा महिलाहरूलाई विशेष हेल्थ प्याकेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्