Techie IT
बिहीबार, भदौ ४,२०८३

प्रहरीमाथि खगेन्द्र सुनारको फेरि अर्को गम्भीर आरोप- प्रहरीको हेडक्वार्टर विचौलियाको कब्जामा छ


काठमाडौं । पछिल्लो समय प्रहरीमाथि आरोप थोपर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले फेरि प्रहरीमाथि अर्को आरोप थपेका छन् ।

बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले प्रहरी मुख्यालय विचौलियाको कब्जामा रहेको आरोप लगाएका हुन् । प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका हुन् ।

यस्तै उनले यसअघि आफूले प्रहरी महानिरीक्षमाथि गरेको प्रश्नमा आफू अडिग रहेको बताए । उनले आफ्नो भनाइ चित्त नबुझे मुद्दा हाल्न चुनौतीसमेत दिएका छन् ।

‘हामीले १५ दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि अझै बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने, ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु । कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टी अदालत छ, गएर मुद्दा हाल्नुहोला । कठघरामा म उभिएर जवाफ दिनलाई म तयार छु,’ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरीमाथि खगेन्द्र सुनारको फेरि अर्को गम्भीर आरोप


तपाईको कमेन्ट लेख्नुहोस्