बागमतीमा केन्द्रको असन्तुष्टिका बाबजुत पनि राप्रपाका तीनजना मन्त्री बन्दै
हेटौंडा । पार्टी केन्दूको असन्तुष्टिका बाबजुत पनि बागमती प्रदेश सरकारमा राप्रपाका तीनजना मन्त्री नियुक्त हुने भएका छन् ।
केन्द्रको निर्देशन विपरीत सरकारमा सहभागी हुने निर्णय गरेको राप्रपाबाट गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।
यता केन्द्र साथै प्रदेश संसदीय दलको सचिवालयले समेत सरकारलाई दिएको समर्थन आधिकारिक नभएको दाबी गरिरहेका छन्। उपनेता लामाका अनुसार उनीसहित राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै सपथ लिने तयारी छ।
सहमतिअनुसार, ज्ञानुजंग स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्ट खानेपानी, उर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बन्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमतीमा राप्रपाका तीनजना मन्त्री बन्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्