कोशीमा मुख्यमन्त्रीसहित चारजनाको शपथ तयारी, एमालेबाट २ र विद्रोही कांग्रेसका एक मन्त्री थपिँदै
विराटनगर । कोशी प्रदेशमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी भएको छ । नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री थप्न लागेका हुन् ।
एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भएको हो । कार्की अहिलेका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । विद्रोही कांग्रेसबाट भने शमसेर राईले मन्त्रीको शपथ लिने छन् । प्रारम्भिक चरणको मन्त्री विस्तारमा गठबन्धन दलमा रहेका कसैलाई कार्कीले नराख्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भएको छ । मुख्यमन्त्री काठमाडौं जानुअघि हिजो १-१ जना मन्त्री बनाउने सहमति भएको थियो ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्