कोशी प्रदेश: मन्त्रीपरिषद् गठनमा एकीकृत समाजवादी रुष्ट
विराटनगर । कोशी प्रदेशमा तीन मन्त्री थपिने भएमा छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन् । उनीहरूको शपथग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ ।
यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप तीन जना विस्तार गर्ने तयारी गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो । एक एक जना मन्त्री थप्ने सहमति भएको थियो, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने यसरी नै सरकार अगाडि बढे हामी यो सरकारलाई विश्वासको मत दिँदैनौँ ।
आइतबार माओवादीका दुई सहित तीन जना मन्त्री मुख्यमन्त्री थापाले थप्दै छन् । यसअघि काँग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्ति भएका थिए । बिहीबार विग होटेलमा भएको छलफलमा गठबन्धनमा भएका दलहरूले एक एक जना मन्त्री बनाउने सहमति गरेका थिए । कोशीमा काँग्रेस माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #एकीकृत समाजवादी, #कोशी प्रदेश, #नेपाल कम्युनिष्ट पार्टी, #नेपाली कांग्रेस, #मन्त्री, #माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्