Techie IT
आईतबार, वैशाख ६,२०८३

तारकेश्वर डाँडागाउँ दुर्घटनामा ट्राफिक इन्स्पेक्टर अभय लामाको उपचारका क्रममा निधन


काठमाडौं — तारकेश्वरमा भएको सवारी दुर्घटनामा घाइते भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामा को उपचारका क्रममा निधन भएको छ।

तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। रामेछाप घर भएका लामा कार्यालयको काम सकेर राति फुटुङस्थित डेरातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा लामाको टाउको, अनुहार, हातखुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि B&B Hospital लगिएकोमा उपचारकै क्रममा निधन भएको हो।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर डाँडागाउँ दुर्घटनामा ट्राफिक इन्स्पेक्टर अभय लामाको उपचारका क्रममा निधन


तपाईको कमेन्ट लेख्नुहोस्