अखिलमा मेराे नाममा सहमति हुन्छः अध्यक्षका उम्मेदवार खत्री
काठमाडौँ, । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ । झण्डै सातबर्षपछि हुन थालेको महाविधेशनको माहौल तातिरहेको छ । अखिल हाँक्नका लागि अहिले मुख्यत तीन जना आकांक्षी देखिएका छन् । यसअघिका दुई अध्यक्ष मनोनित भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएको छ । २०७२ सालमा अखिलको २२ औ महाधिवेशन भएको थियो त्यसयता नेकपा (माओवादी केन्द्रंसंग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अनेरास्ववियूको संयोजक ऐन महर तथा पार्टी अलग भएपछि पुन मनोनित अध्यक्ष सुनिता बराल बनेकी थिइन ।
अहिले अध्यक्षका आकांक्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक वडाल देखिएका छन् । २२ औ महाधिवेशनमा लामिछाने र बडाल सचिव तथा खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका तीनै जनामध्ये खत्री बलियो देखिएका छन् । उनले अखिलेको नेतृत्व गर्नेदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाँकेको राम्रो अनुभव रहेको छ ।
अनेरास्ववियुको प्रशिक्षण विभाग प्रमुख समेत रहेका खत्री मुलुकै ठूलो मानिएको पाटन सयुक्त क्याम्पसको स्ववियु सभापति हुन् । उनी २०६५ सालमा भएको स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए । २०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर पनि उनले त्रिभुवन विश्वविद्यालयमा काम गरिसकेको छन ।
“म अखिल र स्ववियु दुवैमा राम्रो काम गरेको अनुभव रहेको छ,” उनले भने,“ मलाई पार्टी र साथीहरुको साथ सहयोगले अखिलेको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।” उनी अखिलको केन्द्रीय सदस्य हुदै उपाध्यक्षमा पुगेका खत्रीमा स्ववियु संचालन गरेको समेत अनुभव रहेको छ । तर अन्य आकांक्षीलाई भने स्ववियु संचालन गरेको अनुभव नै रहेको छैन । खत्री २०७० सालमा भएको अखिलको २१ औं राष्ट्रिय महाधिवेशनबाट सचिवालय सदस्य र २०६७ सालमा भएको २० औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । सातबर्षपछि निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेकोमा खत्रीको संगठनमा पनि राम्रो पकड रहेको छ । कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका उनलाई पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ ।
सवैसंग मिलनसार, सांगठनिक व्यक्ति भएकोले पार्टीले पनि खत्रीको नेतृत्वमा अखिलको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । “स्ववियु निर्वाचन पनि नजिक आइरहेको छ । अखिललाई फेरि पनि स्ववियु निर्वाचनबाट पहिलो संगठन बनाउन आवश्यक रहेको छ,” अखिलका एक पूर्व अध्यक्षले भने,“१४ बर्ष पछि हुन थालेको स्ववियु निर्वाचनको कमाण्ड खत्रीले नै गर्न सक्दछन ।
त्यसैले उनलाई अध्यक्ष बनाउनु पर्दछ ।” यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका खत्री अखिलको अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् । उपाध्यक्ष खत्रीले आफूसङ्ग स्ववियु र सङ्गठन दुवैको नेतृत्व गरेको अनुभव भएकाले सम्पुर्ण प्रगतिशील परिवर्तनप्रेमी विद्यार्थीहरुले अध्यक्षमा आफुलाई नै निर्वाचित गराउनेमा विश्वस्त रहेको बताए ।
उपाध्यक्ष खत्रीले आफू अध्यक्षमा निर्वाचित भए सवैलाई मिलाएर लैजाने बताए । “देशभरिबाट मेरो पक्षमा माहौल बनिरहेको छ । अखिलमा मेरा विकल्प छैन,” उनले भने, “सहमति हुँदा पनि मेरो नाममा सहमति हुन्छ ।”खत्री हाल त्रिभुवन विश्वविद्यालयमा द्वन्द, शान्ति र विकास अध्ययन विषयमा एमफिल लेड पिएचडी गर्दै छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #अखिलमा मेराे नाममा सहमति हुन्छः अध्यक्षका उम्मेदवार खत्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्