एक अर्कामा संका नगरौं, गठबन्धनलाई भोट दिऔं : केन्द्रीय सदस्य गुरुङ
खाँदबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले निसंकोच गठबन्धनका साझा उमेद्वारहरुलाई मतदान नर्न आग्रह गरेका छन् । गुरुङले जिल्ला सदरमुकाम खाँदबारीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
अन्तर पार्टी वा पार्टी भित्र कुनै अन्तर विरोध भए पनि गठबन्धन देशको आवश्यकता भएकोले मतदान गर्न संकोच नमान्न गुरुङले आग्रह गरेका हुन् । गठबन्धनमा रहेका दलहरु विच नै कुनै पक्ष वा विपक्ष बनाएर लाभ लिने उद्देश्यले गलत सुचना फैलाउन सक्ने सम्भावना रहेकोले त्यस तर्फ समेत सचेत रहन आम कार्यकर्ताहरुलाई गुरुङले आग्रह गरे । गठबन्धन विरुद्धमा कोहि नेता तथा कार्यकर्ता लाग्न नहुने र नलाग्ने समेत गरुङले विश्वास ब्यक्त गरे ।
आफु निर्वाचन प्रचारप्रसार समितिको केन्द्रीय समितिमा रहेको र अन्य जिल्ला नगएर आफ्नै जिल्लामा सिमित रहेको बताए । अघिल्लो निर्वाचनको मत परिणाम अनुसार सङ्खुवासभामा ७ हजार मतले गठबन्धन अगाडी रहेको र त्यसलाई कायम राख्न सवै नेता तथा कार्यकर्तालाई आग्रह गरे । गाउँघरमा मतदान गर्न अल्मलिनेहरु अझै पाईएकोले सहि तरिकाले मतदान गर्न सिकाउन आवश्यक रहेको समेत गुरुङले बताए ।
क्याटेगोरी : निर्वाचन बिशेष, राजनीति, विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #काँग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्