पार्टी चलाउन सभापतिले पनि जान्नु भएन, मैले पनि जानिन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौंले डेंगीं नियन्त्रणका लागि घरघरमा पुगेर निशुल्क परिक्षण सेवा सुरु गरेको छ । डेंगीको प्रकोप फैलिन नदिनका निम्ति पार्टीको सहयोग र नेपाली कांग्रेस संसदको कार्यलयको तर्फबाट यो अभियान सञ्चालन गरेको संसद तथा पार्टी महामन्त्री गगन थापाले बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिदै गएको र त्यसको नियन्त्रणको लागि स्वंयमसेवक र पार्टीका साथीहरुको सहयोगमा घर घरमा पुगेर निशुल्क डेंगी परिक्षण अभियान दशै तिहारमा पनि नरोकिने उनले बताए ।
‘कोभिडको अनुभवको आधारमा स्वयमसेवक साथीहरुको र पार्टीको सहयोगमा गाउँगाउँमा परिक्षणको अभियान सुरु गरेका छौं । कसैलाई परिक्षण गर्नुपर्ने अवस्था छ भने हाम्रो टोलीको साथिहरु घरमै जानुहुन्छ र सबै निसुल्क सेवा दिनुहुन्छ आवश्यक परेमा अस्पताल ल्याउने लैजाने गर्नुहुन्छ ।’
कोभिडको समयमा पनि यसरी नै निशुल्क सेवाहरु प्रदान गरिएको बताँउदै डेंगी परिक्षण गर्नुपर्ने अवस्था भएका विरामिहरुको लागि हाम्रो टोलीका साथीहरुले घर घरमा गएर सेवा पु¥याउने र आवश्यक परेमा अस्पताल लाने र ल्याउने सेवा समेत दिने मिलाएको थापाले बताए ।
एक अर्को प्रंशगमा उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यावस्थापन गर्न नजान्दा पार्टीमा झन् समस्या बढ्दै गएकोे उल्लेख गर्दै भने, ‘पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्याउन सकिन ।’
‘सबै डेमोक्रेटिक पार्टी चुनावबाट नेतृत्व चयन हुन्छ त्यँहाभित्र समुहहरु बन्छ । समुहरुको विचमा प्रतिस्पर्धा हुन्छ तर उनिहरुले एउटा बोटो समाएको हुन्छ । एउटा विधि बनाएको हुन्छ जुनको कारण पार्टी चल्छ । हाम्रोमा डेमोक्रेटीक पार्टीको जस्तै तर वडादेखि नै चुनाव गर्ने कोशीश चाँही ग¥र्यो त्यसबाट लिडरसिपमा पनि पग्र्यौ तर त्यसलाई निर्णय गरेर सन्दर्भमा हामीले जानेनौं अहिलेको सभापति ज्यले पनि जानिराख्नु भएको छैन् । मैले पनि जानेको छैन् । हामी कसैले पनि ढंग पुराएका छैनौ । तरिका पुराईरहेका छैनौ जसको कारणले गर्दा पार्टी भित्र ठुलो समस्या असन्तुष्टिहरु देखिएको छ । पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्याउन सकिन ।’
पार्टीभित्र गुट र उपगुट रहेकाले संगठन परिचालन र संञ्चालनमा समस्या आएको समेत बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गगन थापा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्