Techie IT
शुक्रबार, असोज २३,२०८३

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आज (शुक्रबार)बाट खुला भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायी लगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

दशैंको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि नै यात्रुको लामो लाइन लागेको छ ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार हिजो राति ९ बजेदेखि टिकट लिनका लागि यात्रु लाइन बसेका छन् । उनका अनुसार बझाङ, बाजुरा र धनगढी जाने यात्रु हिजो रातिदेखि नै बसपार्कमा आएर टिकटको लाइनमा बसेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं लगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


तपाईको कमेन्ट लेख्नुहोस्