गगनलाई यसपटक हराउँछुः डा. राजन भट्टराई
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका गगन थापालाई हराउँने दाबी गरेका छन् । एक टिभीसंगको अन्तरवार्तामा प्रमुख भट्टराईले कांग्रेसका महामन्त्री समेत रहेका थापालाई मा यसपटकको निर्वाचनमा हराउँन तयारी अवस्थामा रहेको दाबी गरेका हुन् ।
२०७२ मा संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ४ मा थापासंग थोरै मतान्तरले पराजित भएका भट्टराईले यसपटकको निर्वाचन जित्ने बताए । भट्टराईले आफ्नो क्षेत्रमा एमालेको संगठात्मक स्थिति बलियो रहेको बताउँदै यसपटकको निर्वाचनमा आफ्नो जित पक्का भएको बताए ।
उनले अघिल्लो निर्वाचनको मत तथ्याङ्क विश्लेषण गर्दै यसपटक जित्ने आधार बलियो रहेको पुष्टि गरेका हुन् । उनले निर्वाचन जित्दै गर्दा थापाले काठमाडौं-४ को जनताको आधारभूत आवश्यकताहरु समेत पुरा गर्न नसकेको दाबी गरे । उनले राजधानीको केन्द्र नजिक रहेको उक्त क्षेत्रमा खानेपानी र सडकल गाएतको समस्या ५ वर्ष अघि र अहिले उस्तै रहेको बताउँदै थापाले केही कामलाई अघि बढाउन नसकेको टिप्पणी समेत गरे ।
भट्टराईले उक्त क्षेत्रका जनताले वर्षातको समयमा बस्ती, सडक क्षेत्रमै बाढीको सास्ती खेप्दै आएको बताए । उनले भनेः अब चुनाव आयो, अब दुइ महिना बाँकी छ । उहाँ संसद रहन ७ दिन बाँकी छ । त्यती खेर आएर त्यहाँ आएर उहाँ (गगन थापा) चिन्तित हुन, सम्झिन भ्याउनु भो उहाँले ।
भट्टराईले आफुले अघिल्लो निर्वाचनमा पराजित भएपनि उक्त क्षेत्रको लागि ५ वर्षमा धेरै साना ठूला कामहरु गरेको स्पष्ट पारे । गगन थापाले १५ वर्ष उक्त क्षेत्रबाट संसदको प्रतिनिधित्व गरिराख्दा आफ्नो क्षेत्रको विकासको लागि केहि पनि कामलाई अघि बढाउन नसकेको र त्यहाँको जनताले यसपटकको निर्वाचनमा आफुलाई विश्वास गर्नेमा ढुक्क रहेको भट्टराईको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गगनलाई यसपटक हराउँछुः, #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्