नेपाली काँग्रेस संखुवासभाबाट उम्मेदवार सिफारिश (फोटो फिचर)
पहिलो नम्बरमा नेपाली काँग्रेस संखुवासभा, सभापति युवा नेता खड्कालाई प्रस्तुत
नेपाली कांग्रेस संखुवासभाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन जिल्ला सभापति एवंम पुर्व राज्यमन्त्री दिपक खड्का सहित १४ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ आठ जना आकांक्षी छन् भने ६ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेको नामवलीमा प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा नेपाली काँग्रेस संखुवासभा, सभापति युवा नेता दिपक खड्कालाई प्रस्तुत गरेको छ।

जिल्लामा निकै प्रभावशाली मानिएका खड्का उम्मेदवार बने विजयी हुन सक्ने संभावना रहेको विश्लेशक बताउछन्। यसैगरी दोश्रो नम्बरमा केन्द्रीय सदस्य तारामान गुरुङ छन् । तेस्रो नम्बरमा निवर्तमान जिल्ला सभापति तथा बौद्धिक युवा नेता दिपनकुमार श्रेष्ठको नाम सिफारिश गरिएको छ। यसैगरी अन्य प्रत्यक्ष तर्फ टंकप्रसाद राई, जनक थापा, मिङमा शेर्पा, पाशाङ शेर्पा र उमेश चौहानको नाम पनि सिफारिसमा परेको छ ।

क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #hot, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्