गठबन्धनले अमेरिका र चीनको लडाईंमा नेपाललाई मैदान बनाउँदैछ :योगेश भट्टराई
काभ्रे । नेकपा (एमाले) काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ ।
नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीद्वारा शनिबार जिल्लास्तरीय अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनका कारण मुलुकमा अस्थिरता र सङ्कट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धनलाई परास्त गरी मुलुकको समृद्धिको यात्रालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
‘गठबन्धन नेतृत्वको सरकार र दलहरू मुलुकमा अस्थिरता निम्त्याउँदै सद्भाव भड्काउन खोजिरहेका छन्,’ सचिव भट्टराईले भन्नुभयो–‘एमाले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।
नेपालमा सद्भाव भड्काउन गठबन्धनको बलमा विदेशी शक्तिहरू समेत सक्रिय भएको नेता भट्टराईले बताउनुभयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको लडाईंमा नेपालको भूमि मैदान बनाउन दिँदैछ’–सचिव भट्टराईले भन्नुभयो–‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईंको केन्द्र बनाउने गठबन्धन सरकारको योजना नेपाली जनताले आगामी मंसिरको निर्वाचनबाट परास्त गर्नुपर्छ ।

नेता भट्टराईले ३३ सिटमा झरेको, बुढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन्न प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको आफू साक्षी बस्न नसकेको बताउनुभयो ।
‘समाजवादमा जाने मुखले भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजवादको यात्रा तय हुन सक्दैन’सचिव भट्टराईले भन्नुभयो–‘समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् । काँग्रेस र कम्युनिष्टको जाने बाटो फरक छ । फरक बाटो हिड्नेहरूसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजवादको बाटोमा पुग्न सक्दैनन् ।
कार्यक्रममा जनताको बहुदलीय जनवादको मान्यता अनुरुप पार्टी संगठन निर्माणका सन्दर्भमा स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । बाग्मती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनुभएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिति र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्लाका छसय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागी थिए । एमालेले भदौ १५ अगावै सबै संगठित सदस्यको सदस्यता नवीकरणको अभियान जारी राखेको छ भने सबै जनवर्गीय संगठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गठबन्धनले अमेरिका र चीनको लडाईंमा नेपाललाई मैदान बनाउँदैछ :योगेश भट्टराई, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्